सत्ता मेरालागि साधन मात्र हो, साध्य होइन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सत्ता मेरालागि साधन मात्र हो, साध्य होइन: प्रधानमन्त्री ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि आफू लामो समय जेलमा बसेकाले आफ्ना लागि सत्ता नै ठुलो कुरा नभएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो लागि सत्ता साधन मात्रै भएको, साध्य नभएको बताए।

आफू सत्तामा रहनु प्रमुख विषय नभएको भन्दै उनले ‘लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चिएको र पञ्चायती जेलमा १४ वर्ष बिताएको मेरा लागि सत्तामा रहनु वा नरहनु प्रमुख विषय हुँदै होइन’, उनले भने।

उनले पार्टीहरु सत्तामा जानु या विपक्षमा बस्नु, विस्तारित हुनु वा संकुचनमा पर्नु लोकतन्त्रमा सामान्य विषय भएको भन्दै सत्ताकै लागि अन्य पार्टीहरुमा विभाजन, विग्रह र विकृतिहरु पैदा गर्नु एवं त्यसकै बलमा आफू सफल भएको भ्रम पाल्नु आत्मरति मात्रै भएको बताए।

‘बहुदलीय प्रणालीमा देखा पर्न लागेको निर्दलीय चरित्र ख्यालठट्टाको विषय होइन। अझै यस्तो विकृतिको औचित्य एवं वैधता कायम गर्न भइरहेका प्रयास त सामान्य विषय हुँदै होइन। मैले आफ्नो लागि या आफ्ना दलका लागि यी सबै विषय भनिरहेको छैन’, उनले भने।