सशंकित देखिए ओली: निर्वाचन आयोगबाट सिधै शीतलनिवास हानिए - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सशंकित देखिए ओली: निर्वाचन आयोगबाट सिधै शीतलनिवास हानिए



काठमाडौँ– निर्वाचन आयोगबाट निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली सिधै शितलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ताका लागि ओली शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

निर्वाचन आयोगसँगको संक्षिप्त छलफलपछि प्रधानमन्त्री ओली सिधै राष्ट्रपति कार्यालय शीतल निवास हानिएको बताइएको छ । निर्वाचनको तयारी र समसामयिक छलफलका लागि उनी शीतलनिवास पुगेको बताइएको छ ।

निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते हुने चुनावको तयारीबारे जानकारी लिँदै समयमै निर्वाचन गर्ने तयारीमा लाग्न निर्देशन दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनको पक्षमा भएको बहसबाट सन्तुष्ट छैनन् । पछिल्ला केहि गतिबिधिका कारण उनी सशंकित बनेका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा नेकपा मिलाउने दवाव बढिरहेकाले पछिल्लो समय प्रधानमन्त्री ओली रक्षात्मक बन्दै गएको आंकलन गर्न थालिएको छ ।