प्रकाण्डले भने ओली सरकार ७ महिना पनि टिक्दैन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रकाण्डले भने ओली सरकार ७ महिना पनि टिक्दैन



रुपन्देही – नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले ओली नेतृत्वको वर्तमान सरकार अबको ७ महिना पनि नटिक्ने बताउनु भएको छ ।

क्रान्तीकारी पत्रकार संगठन केन्द्रीय समितिले सोमबार बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नै पार्टिका नेताहरुलाई मिलाउन असफल भएको ओली नेतृत्वको सरकार ६ ७ महिना पनि टिक्न गाह्हो भएको बताउनु भयो ।

सडकमा छँदा राष्ट्रियता र स्वाधिनताको कुरा गर्ने ओली प्रधानमन्त्री भएपछि भारत सामू लम्पसार परेको आरोप लगाउनुभयो । ‘कांग्रेस नेतृत्वको सरकारले करोडको अंकमा भष्टाचार गरेको थियो तर अहिलेको सरकारले भने अरबको अंकमा भ्रष्टाचार गरिरहेको छ’ उहाँले भन्नुभयो ।

देशलाई समृद्धिको बाटोमा लैजान ओली र प्रचण्ड सँगसँगै असफल भएको उहाँको भनाई छ । उत्साह र अपेक्षासहित गठन भएको सरकारले निराशा र अराजकता मात्रै फैलाएको उहाँको भनाई छ । संघीयतामा प्रदेश सरकार केन्द्र सरकारसँग कटौरा थापेर बस्नुपर्ने विडम्वनापूर्ण अवस्था रहेको बताउँदै प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तीले मात्रै जनताको शासन स्थापित गर्ने बताउनु भयो ।