ओली सरकारले बाँड्यो ७ करोड - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

ओली सरकारले बाँड्यो ७ करोड



काठमाडौं – सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

ओलीले दोस्रोपटक सरकारको नेतृत्व २०७४ फागुन ३ मा सम्हालेका थिए ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ ।