ओली सरकारको उपलब्धी :सिण्डिकेट खारेजीदेखि वाइड बडी विमान आवतरण सम्म - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

ओली सरकारको उपलब्धी :सिण्डिकेट खारेजीदेखि वाइड बडी विमान आवतरण सम्म



सरकारले आफ्नो पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि वाइड बडी विमान आवतरणसम्मलाई आफ्नो उपलब्धीको रुपमा उल्लेख गरेको छ ।

सरकारले असारसम्ममा गरेको कार्यप्रगतिको पहिलो बुँदामा यातायातको सिण्डिकेट अन्त्य, सुन तस्कारीमाथिको अनुसन्धान र कारबाही र विकास निर्माणको ढिलासुस्ती हटाउने कदम उल्लेख गरेका छन् ।

त्यसैगरी अौचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, पेट्रोलियम चुहावट रोक्नका लागि लकिङ प्रणालीको सुरुवात, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणालीको थालनीलाई सरकारले आफ्नो उपलब्धी मानेको छ।

यस्तै सरकारले हवाई सेवा र पर्यटनको पूर्वाधारमा उल्लेखनीय परिवर्तन भएको दाबी गरेको छ। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवेदन स्वीकृतलगायतका कामलाई सरकारले आफ्नो ५ महिने उपलब्धीको रुपमा साखेको छ ।