ओली सरकार ढाल्न भारत र अमेरिकाको यस्तो चलखेल ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओली सरकार ढाल्न भारत र अमेरिकाको यस्तो चलखेल !



काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (काण्ड) ले निर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने बताएका छन् ।

बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रवक्ता प्रकाण्डले निर्मलाको हत्यारालाई सरकारले कारबाही गर्न अक्षम रहेको बताएका हुन् । ‘यो अब सरकारको बसमा छैन, सरकारले गर्ने भए अहिलेसम्म गरिसक्थ्यो । अब यो जनताको बसमा छ’ उनले भने, ‘जनताको पहलकदमीमा, पार्टीको नेतृत्वमा यो घटनाको सत्यतथ्य जनताको बिचमा ल्याएर पार्टीले कारबाही गर्छ गर्छ । यत्ति लेखिराख्नुस्, टाइममात्रै दिनुस् ।’

सरकारमा संलग्न र उच्च पदस्त व्यक्तिका छोराछोरीमाथि यस्तो घटना नभएका कारण उनीहरू गम्भीर नभएको उनले आरोप लगाए ।

प्रकाण्डले वर्तमान सरकार हटाउने चलखेल भइरहेको बताएका छन् । भारत र अमेरीकासँग वर्तमान प्रधानमन्त्री केपी ओलीको नमिलेका कारण यस्तो चलखेल सुरु भएको उनले बताए ।

‘इन्डिएन र अमेरिकासँग केपीजीको मिलेको रहेनछ भन्ने त देखियो नी त त्यो किन मिलेन ? त्यो उहाँले भन्दै जानुहोला । त्यही कारणले गर्दा सरकारलाई त हटाउन थालेका छन्’, प्रकाण्डले दोहोर्याए, ‘हटाउन थालेका छन् । त्यो मैले उहाँहरूको संसदीय खेलभित्रको कुरा गर्‍या ।’