ओली सरकारको दुईतिहाइ खुस्काउने दाउ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

ओली सरकारको दुईतिहाइ खुस्काउने दाउ



नेकपाको दुईतिहाइको सरकार नेकपाको एक्लो बलमा हैन, अन्य दलको पनि समर्थनका कारण बनेको हो।

त्यसमध्येको हो– राजपा। तर कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि राजपाले आफ्ना १६ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लियो।

उपेन्द्र यादवको फोरमसँग १७ सांसद छन्। त्यो समर्थन पनि गर्ने सर्तसहित एकता वार्ता चलिरहेको छ। दुईतिरकै राजेन्द्रहरू यस्तो वार्तामा जुटेका छन्, महतो र श्रेष्ठ। यो खबर आज प्रकाशित जनआस्था साप्ताहिकले छापेको हो।

प्रश्न उठ्छ– सरकारले दुईतिहाइ गुमायो भने ऊसँग संविधान संशोधन गर, मधेशीको माग पूरा गर भनेर कराइरहनुको के अर्थ हुन्छ? दुईतिहाइ भनेको आफ्नो एजेन्डा पास गराउने हतियार हो। त्यो मधेशी दलसँग छ।

राजपाले समर्थन झिके पनि केपी ओलीसँग सरकार चलाउन पर्याप्त बहुमत छ, कुनै कठिनाइ छैन। महाभियोग लगाएर संविधान फेर्नमात्र हैन, दुईतिहाइ चाहिने। संवैधानिक अंगका प्रमुखहरू फेर्न २५ प्रतिशतको हस्ताक्षर भए पुग्छ।