संकास्पद रूपमा प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट लुकाइयो - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

संकास्पद रूपमा प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट लुकाइयो



काठमाडौं– बुधबारदेखि ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको सबै रिपोर्ट बारे भन्न नमिल्ने भन्दै अस्पतालले उनको स्वास्थ्यबारे लुकाउन खोजेको छ ।

पत्रकार सम्मेलन गर्दै ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले भने, ‘डायलाइसिस भनेको सामान्य हो, आत्तिहाल्नु पर्ने अवस्था होइन । तर, आम सर्वसाधारणले उठाएको प्रश्न पनि जायज हो ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे गोपनियतालाई ख्याल गर्दै जानकारी दिनेछौं ।’

अस्पताल स्रोतका अनुसार प्रत्यारोपण सम्भव नहुँदासम्म हप्तामा दुइपटक डायलाइसिस गरिने छ ।

बुधबारदेखि नै अस्पताल देखि सचिवालयले लुकाउन खोजेको उनको स्वास्थ्य अवस्था आज पनि कायम राखेको छ । पत्रकार सम्मेलनमा सबै रिपोर्ट गोप्य राखिएको छ ।

देशकै उच्च पदस्थ व्यक्तिको अवस्थाकोबारे जान्ने सबैलाई इच्छा भएको अवस्थामा ओलीको अवस्था संकास्पद रूपमा गोप्य राखिएको छ ।