ओलीसंग किन बिग्रिन्छ सबैको सम्बन्ध ? - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

ओलीसंग किन बिग्रिन्छ सबैको सम्बन्ध ?



पत्रपत्रिका/नागरिक-

सरकार जाने बाटो बन्द भएपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीसँग चिढिएका छन्।

प्रधानमन्त्रीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेसँगै राजपा सरकारमा जाने बाटो बन्द भएको छ।

यसअघि प्रधानमन्त्रीले राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुरसँग दुईपटक भेट गरी दुईवटा मन्त्रालय र उपराष्ट्रपति दिनिे प्रस्ताव गरेको राजपा स्रोतको भनाइ छ।

 ओलीले शुक्रबार २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। संविधानले २५ सदस्यभन्दा बढीको मन्त्रिमण्डल बनाउन रोकेको छ। त्यसैले ओलीसँग अब तीजना मात्र सिट बाँकी छ। त्यो सिट संघीय समाजवादी फोरम नेपालका लागि सुरक्षित रहेको एमाले नेताहरु बताउँछन्।

यता राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुरले सरकारमा जाने सम्भावना सकिएको बताए। ‘प्रधानमन्त्रीले नै हामीलाई सरकारमा लैजान प्रस्ताव गर्नुभएको थियो। त्यसपछि उहाँले कुरै गर्नुभएन।’ प्रधामन्त्रीले कुरा अघि नबढाएपछि सरकारमा जाने राजपाको बाटो बन्द भएको पनि उनले बताए।