वामदेव फेरी ओली समूहमै - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

वामदेव फेरी ओली समूहमै



काठमाडौं । नेकपा एमाले नेता वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका हुन् ।

गौतम संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार आएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिएका छन् ।

पार्टी एकता अभियान चलाएका गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् ।

यो बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने ओली पक्षका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले जानकारी दिए।

बैठकमा माधव नेपाल समूहका सांसदहरु गएका छैनन् ।