माधव नेपाल निकटका प्रभावशाली नेताहरू भटाभट ओली समूहमा - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

माधव नेपाल निकटका प्रभावशाली नेताहरू भटाभट ओली समूहमा



काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन्।

उनीहरू नेपाल समुहका प्रभावशाली नेताहरू मानिन्छन् । केन्द्रीय सदस्य तामाङले आफू ओली समूहमा फर्कन लागेको बताए।

उनले शनिबार आफू गृहजिल्लाको कार्यक्रममा व्यस्त बताउँदै विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले आफूहरुको प्रवेशबारे घोषणा गर्ने जानकारी दिए।

लामो समयसम्म माधवकुमार नेपालसँग निकट रहेका तामाङ र राई पति पत्नी हुन्।

सिन्धुपाल्चोकका तामाङ विघटित प्रतिनिधिसभाका सदस्य हुन् भने राई प्रदेश १ की प्रदेशसभा सदस्य हुन्।

पुस ६ गते ओली पक्षको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका तामाङपछि प्रचण्ड–नेपाल समूहमा गएका थिए। उनले पूर्व एमालेहरु एक हुनुपर्ने बताएका छन्।

पूर्व एमालेहरु एकै स्थानमा हुनुको विकल्प नभएको तामाङले बताएका छन् ।