कांग्रेस र जसपा नेताहरू भटाभट ओली समुहमा प्रवेश गर्दै - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

कांग्रेस र जसपा नेताहरू भटाभट ओली समुहमा प्रवेश गर्दै



काठमाडौं- नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय तथा जिल्ला नेताहरू भटाभट प्रधानमन्त्री ओली समुहको नेकपामा प्रवेश गर्न थालेका छन् ।

जसपाका सदस्य किरण साह र कांग्रेस उपसभापति विमलेन्द्र निधी निकट धनुषाका नेता बलराम ठाकुर ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरूलाई प्रधानमन्त्री ओलीले मंगलवार बालुवाटारमा पार्टी प्रवेश गराएका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेको बताइएको छ ।

साह रौतहट क्षेत्र नम्बर २ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार थिए । उनी कांग्रेसका अफताब आलमको निकटतम प्रतिस्पर्धी बनेका थिए ।

साहसँगै धनुषाका कांग्रेस नेता बलराम ठाकुर पनि नेकपा प्रवेश गरेका छन् । ठाकुर वृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक हुन् ।

ठाकुरलाई निधीलेनै सो पदमा नियुक्त गरेका थिए । यसअघि जसपाका नेता डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।