ओली समुहले सर्वोच्चको फैसला नमान्ने, महेश बस्नेतले गरे आन्दोलन घोषणा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ओली समुहले सर्वोच्चको फैसला नमान्ने, महेश बस्नेतले गरे आन्दोलन घोषणा



काठमाडौं- नेकपा एमाले केपी ओली समुहले अदालतको आदेश नमान्ने भन्दै आन्दोलन चर्काउने भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

यस्तै एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला नमान्ने घोषणा गर्दै माइतीघरमा भेला नेता कार्यकर्तालाई आह्वान गरेका छन् । ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि बताएका छन् । ‘निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन’, उनले भनेका छन्, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ।’

युवा संघले पनि यसको विरुद्ध आजै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्न लागेको बस्नेतले बताएका छन् ।