ओली समुहमा लाग्दा दम्पति नै मालामाल हुने दुई जोडी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दा दुई नेता दम्पति मालामाल भएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ दम्पती नै मन्त्री बन्ने भएका छन्।
अर्कातिर कहिले श्रीमती त कहिले श्रीमान पालैपालो मन्त्री बन्ने दम्पतिमा पर्छन रघुवीर महासेठ र जुली महासेठ । प्रधानमन्त्री ओलीलेगरेको पछिल्लो मन्त्रिपरिषद् हेरफेरमा केही नेतालाई चिठ्ठा नै परेको छ । त्यस्तो चिठ्ठा पर्नेमा रघुवीर महासेठ र शेरबहादुर तामाङ पहिलो नम्बरमा परेका छन् ।
रघुबीर महासेठलाई प्रधानमन्त्री ओलीले भौतिक तथा यातायात मन्त्रालयबाट हटाएका थिए भने शेरबहादुर तामाङलाई कानुन मन्त्रालयबाट हटाएका थिए ।
महासेठकी पत्नी जुली महतो अहिले पनि मन्त्री छिन भने शेरबहादुरकी पत्नी उषाकला राई प्रदेश १ मा सामाजिक विकास मन्त्री छन्।
पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-माधव समूहमा लागेका थिए। प्रचण्ड–माधव समूहको भेला, प्रदर्शन र कार्यक्रमहरूमा सहभागी हुने गरेको यो दम्पती फागुन ८ मा भने ओली समूहमा फर्किएको थियो।
शेरबहादुर तामाङ प्रतिनिधि सभाको गत निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए भने प्रदेश १ को प्रदेशसभामा उषाकला समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्।
यसअघि पनि कानुनमन्त्री बनिसकेका तामाङले बंगलादेशमा पढ्ने नेपाली छात्राहरूका विषयमा ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि राजीनामा दिएका थिए।