ओली पक्षको दाबी: 'माधव समुहको बार्गेनिङ मात्रै हो, राजिनामा दिने हिम्मत छैन' - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ओली पक्षको दाबी: ‘माधव समुहको बार्गेनिङ मात्रै हो, राजिनामा दिने हिम्मत छैन’



काठमाडौं- नेकपा एमाले वरिष्ठ माधवकुमार नेपाल समूहले राजिनामा दिने तयारी गरिरहेका बेला केपी ओली समुहले भने यो उनीहरूको बार्गेनिङ गर्ने अस्त्र भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भन्दै वैशाख २७ गते संसद बैठक बोलाएको र त्यो भन्दा अगाडी ओलीसँग यस्तै वार्गेनिङ गरेर गलाउने लाइनमा माधव समूह रहेको ओली समुहको बुझाई छ । त्यतिमात्र होइन ओली पक्षका नेता खनाल–नेपाल समूहले राजीनामा नदिने ठोकुवा गर्छन ।

नाम नबताउने सर्तमा ओली समुहका एक नेता नेपाल समुहले यति ठुलो निर्णय तत्कालै लिन नसक्ने बताउँछन् । माधव नेपाल समूहसँग लामो संगत गरेको भन्दै यस्तो निर्णय लिन नसक्ने उनको दाबी छ । ‘उनीहरू ओलीलाई गलाउन चाहन्छन, जति धेरै पाइन्छ त्यति बार्गेनिङ गर्न चाहन्छन । आज नै राजिनामा दिने कुरा जो छ त्यहाँसम्म पुग्न उनीहरू सक्दैनन्, राजीनामामा हस्ताक्षर गरिसकेका छौँ भनेर ओलीसँग सक्दो बार्गेनिङ गर्ने नै उनीहरूको उद्देश्य हो ।’

बालुवाटारमा पछिल्लो समय भएका वार्तामा लगातार बसेका ति नेताका अनुसार मिल्ने अभिप्रायले नेपाल समूह वार्तामा नबसेको दाबी गर्छन् । ओली समुहको दाबी अनुसार नेपाल समूह मिलनका लागि वार्तामा नबसेको र राजिनामा पनि दिन सक्दैनन् । ति नेताका अनुसार नेपाल समूह राजिनामा गरिहाल्ने क्षमता राख्दैन । उनले भने,’उहाँहरू त्यति ठुलो हिम्मत नै गर्न सक्नुहुन्न ।’