ओलीको गुनासो: सरकारले हामीलाई संसदमा बोल्नै दिएन - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

ओलीको गुनासो: सरकारले हामीलाई संसदमा बोल्नै दिएन



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई संसदमा बोल्न नदिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनले एमसीसीको विषयमा सरकारले आफूहरूलाई बोल्ने अवसर नदिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

अहिलेको सरकारले आफ्नो पार्टीलाई संसदीय प्रक्रियाबाटै विमुख गराएकाले एमसीसीबारे कुरा राख्न नपाएको बताएका छन् । एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । हरेक संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्ने गरेका छन् ।

त्यहीमात्रै होइन अध्यक्ष ओलीले सरकारले एमसीसी संसदमा पास गर्नको लागि नभएर सडकमा आगो बाल्नका लागि ल्याएको बताए ।

संसद बैठक सकिनै लाग्दा संसद भवन पुगेका ओलीले आफ्ना पार्टी निकट सांसदसँगको आन्तरिक छलफलमा यस्तो बताएका हुन् ।

उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिन्छ । संसदीय प्रक्रियामा भाग लियौं भने यस विषयमा स्ट्याण्ड लिन्छौं ।’