आज प्रतिनिधिसभामा प्रम ओलीले सम्बोधन गर्ने ,देलान त आफ्नो स्वास्थ्य स्थिति बारे जानकारी ? - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

आज प्रतिनिधिसभामा प्रम ओलीले सम्बोधन गर्ने ,देलान त आफ्नो स्वास्थ्य स्थिति बारे जानकारी ?



प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले संसदलाई छल्न खोजेको र सरकार संसदप्रति जवाफदेही नभएको विपक्षीको आरोप छ ।

यसअघि असार पहिलो साता यूरोप भ्रमणबाट फर्किएपछि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको थियो । प्रतिपक्षी दलका सांसदको निरन्तरको नारावाजीपछि प्रधानमन्त्री सम्बोधन नै नगरी सदनबाट बाहिरिएका थिए । त्यसयता प्रधानमन्त्री संसद गएका पनि छैनन् ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सार्वजनिक नभएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओलीले समसामयिक राजनीति र सिंगापुरको स्वास्थ्यउपचारका बारेमा सदनलाई जानकारी दिने बताइएको छ ।