प्रधानमन्त्रीको सम्वोधन: अहसयोग र घेराबन्दी गरेकाले संसद विघटन - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रधानमन्त्रीको सम्वोधन: अहसयोग र घेराबन्दी गरेकाले संसद विघटन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अर्थहीन र सरकारलाई घेराबन्दीमा पारेपछि मध्यावधि चुनावमा जानु परेको बताएका छन्।

प्रतिनिधिसभा विघट्न गरेको भोलिपल्ट सोमबार अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दललाई अर्थहिन र सरकारलाई घेराबन्दीमा पारेपछि जनतासामु जानुको विकल्प रहेन।’

त्यस अनुरुप कार्यकालको डेढ वर्ष अघि नै प्रतिनिधिसभाको विघट्न गरिएको उल्लेख गर्दै ओलीले यो घटना आकस्मिकजस्तो देखिए पनि नेकपाका केही नेताका विकृत गतिविधिका कारण सृजना भएको बताए।

सरकारले आगामी वैशाख १७ र २७ गरी दुई चरणमा मध्यावधि चुनावको मिति तय गरिसकेको छ।