प्रधानमन्त्री ओली बिरुद्ध कड्किए रावल ! - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

प्रधानमन्त्री ओली बिरुद्ध कड्किए रावल !



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावलले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्नु स्वागतयोग्य कार्य भएको बताए ।

उनले भने,“भारतको पुनामा बिम्स्टेक मुलुकका प्रधानसेनापतिसँगको बैठक र संयुक्त सैन्य अभ्यासका विषयमा कुरा सुनिएको छ, आर्थिक विकासका लागि गठन भएको क्षेत्रीय सङ्गठनमा सैन्य अभ्यासका कुरा आउनु हँुदैनथ्यो, यस्ता कदम मुलुकको हित विपरीत हुन जान्छ ।”

सांसद रावलले भने -“क्षेत्रीय सङ्गठनको भन्दा हामीले हाम्रो मुलुकको हित र सार्वभौमसत्ताको विषयलाई हेक्का राख्नुपर्छ, आफ्नो देशको सम्बेदनशीलतालाई बिर्सिएर सार्क वा बिम्स्टेक सदस्य मुलुकका एजेण्डामा बहकिनु हुँदैन, सैन्य अभ्यास ठीक होइन।”