केपी ओली र भिम रावलबीच बालुवाटारमा गोप्य छलफल
काठमाडौं- सर्वोच्च अदालतको फैसला आउनु अगाडी बालुवाटारमा माधव नेपाल समुहका प्रखर नेताका रूपमा चिनिएका डाभिम रावल बालुवाटार पुगेर गोप्य छलफल गरेको खुलेको छ । एमालेका उपाध्यक्ष समेत रहेका रावल अहिले माधव नेपाल लाई छोडेर ओली निकट बनेको आशंका गरिएकै बेला उनी गोप्य तरिकाले बालुवाटार पुगेर छलफल गरेका हुन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्नुअघि केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल र नेता सुवास नेम्वाङबीच लामो छलफलभएको स्रोतले बताएको छ ।
नेता रावल प्रधानमन्त्री ओली र ओली समुहका नेता नेम्वाङबीच झण्डै आधा घण्टा गोप्य छलफल भएको बताइएको छ । छलफलमा भएको विषयबारे रावलले आफ्नो समुहमा समेत केहि खुलाएका छैनन् । औपचारिक रूपमा कुनै धारणा समेत बाहिर ल्याइएको छैनन् ।
सर्वोच्च अदालतबाट फैसला आउनुअघि भएको गोप्य छलफललाई अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार माधव समुहलाई गलाउन र देउवा प्रधानमन्त्री बनेपछि विश्वासको मतबारे छलफल भएको थियो । यता, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट २३ जना सांसदमध्ये केहीले अदालतमा विचाराधीन मुद्दाबारे बालुवाटार निकटहरूबाट फैलाइएको हल्लाप्रति आपत्ति जनाएका छन् ।