नेकपा अध्यक्ष रहेनन् ओली - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नेकपा अध्यक्ष रहेनन् ओली



काठमाडौँ- नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ ।

बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।

बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् ।

उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।

मंगलबार नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो । ओली समूहले साविकको केन्द्रीय कमिटी बैठकलाई विस्तार गरेर ११९९ सदस्यीय बनाएको छ । त्यसलाई महाधिवशेन आयोजक कमिटी भनिएको छ ।