ओली र प्रचण्डले पाँच नम्बर प्रदेशका विरुद्ध ठूलो षड्यन्त्र गरेको खुलासा - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

ओली र प्रचण्डले पाँच नम्बर प्रदेशका विरुद्ध ठूलो षड्यन्त्र गरेको खुलासा



काठमाडौं । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने निर्णयसँगै एमाले–माओवादी केन्द्रभित्र ठूलो विवाद भएको छ । एमालेका नेता सचिव गोकर्ण विष्ट र माओवादीका प्रभावशाली नेता संघीय समाजवादी फोरमविरुद्ध असन्तुष्टि जनाएका हुन् ।

विष्ट र रायमाझीले आफूहरूले पाँच नम्बर प्रदेशलाई सग्लो राख्ने अन्तिम प्रयास गरेको बताएका छन् । ‘हामीले आन्दोलन गरेर पाँच नं. प्रदेशलाई सग्लो राख्न ठूलो प्रयास गरेका थियौँ र गरिरहने छौँ’, रायमाझी र विष्टले नेता तथा कार्यकर्ताहरूसँगको भेटमा भनेका छन्, ‘उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन पाँच नं. प्रदेशलाई टुक्र्याउने सहमति भयो । अब केही गर्न सकिएन ।’

उपेन्द्र यादवलाई उपप्रधान र परराष्ट्र तथा श्रम मन्त्रालय दिएर प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनमा सहमति गरेका छन् ।

संविधान संशोधनमा ओली–दाहालले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरेर सहमति भएको उच्च स्रोतले जनाएको छ । पाँच नम्बर प्रदेशलाई यसअघि पनि टुक्र्याउन मधेस केन्द्रित दलहरूले ठूलो प्रयास गरेका थिए ।

कांग्रेसका चन्द्र भण्डारी, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, माओवादी केन्द्रका टोपबहादुर रायमाझीसहितका नेताहरूले विरोध गरेर बचाएका थिए । सरकारमा सहभागी हुने र गराउने नाममा ओली र प्रचण्डले पाँच नम्बर प्रदेशका विरुद्ध ठूलो षड्यन्त्र गरेको खुलासा भएको छ ।