नेताहरू बोकेर प्रधानमन्त्री ओली पुगे देउवा निवास
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेका छन् । ओलीले आफू निकट नेताहरू बोकेर देउवानिवास पुगेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएसँगै राजनीतिक माहोल तातेको छ । यसै बिषयमा छलफल गर्न प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।
सरकारका उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादललाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षले गठबन्धन बनाइसकेका छन् ।