राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुगे शीतलनिवास
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासमा पुगेका छन् । अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको छ ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ पौने ६ बजे शितल निवास पुगेका हुन्। एकातिर सर्वोच्च अदालतले फैसलाको तयारी गरेको र अर्कातिर एमालेको मिलाप हुनै लागेका बेला भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको हो ।
प्रधानमन्त्री ओली बाढी ग्रस्त क्षेत्र मेलम्चीबाट फर्किएर शीतलनिवास पुगेका हुन् । यता सिंहदरबारस्थित अर्थ मन्त्रालयम एमाले एकताका लागि कार्यालयको वार्ता जारी छ।
लामो समयदेखि भैरहेको एमालेको विवादमा आज सहमति हुने नेताहरूको दाबी छ।