अचानक ओलीको प्रस्ताव: म छोड्छु, वामदेवलाई प्रधानमन्त्री बनाउँ - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

अचानक ओलीको प्रस्ताव: म छोड्छु, वामदेवलाई प्रधानमन्त्री बनाउँ



काठमाडौं- बुधबारको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अचानक वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका छन् ।

बुधवार कडा कसरतपछि बसेको स्थायी कमिटि बैठकको सुरुआतमै ओलीले अबको प्रधानमन्त्री वामदेवलाई बनाउने प्रस्ताव ल्याए । ओलीले अब पालो पनि वामदेवकै भएकाले कसरी ल्याउने हो सल्लाह गरौँ भन्दै प्रस्ताव गरेका थिए

प्रधानमन्त्री ओलीले गौतमलाई फेरि एकपटक आफूतिर आकर्षित गर्न खोजेको नेताहरूको बुझाइ छ । बैठकमा ओलीले आफू पद त्याग गर्न मात्र होइन, त्यसका लागि वामदेव गौतमजस्ता नेतालाई जिम्मेवारी दिन पनि तयार भएको बताएपछि नेताहरूले मुखामुख गरेका थिए ।

‘म त्याग गर्न तयार छु, भनेकै छु। मलाई अध्यक्ष र प्रधानमन्त्रीमा पदमा टाँसिइरहन लोभ पनि छैन। मैले छाड्छु,’ स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीको भनाइ थियो, ‘मेरा लागि पद महत्वपूर्ण छैन। तर, त्यसपछि को हुने हो ? अघिल्लो लहरमा बसेका हामी पाँचजना छौं । पाँचजना मध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं । अब बाँकी वामदेवजी हो, अब उहाँलाई बनाउँ । यही साइडमा उपाध्यक्ष वामदेव कमरेड हुनुहुन्छ। चुनाव गरेर हुन्छ कि कसरी हुन्छ, उहाँलाई बनाउँदा पनि भयो।’ तर, उनले आफ्नो प्रस्तावबारे थप प्रस्ट भने पारेनन्।

स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब वामदेवको पालो आएको बताए ।

यसअघि बैशाखमा आफूविरुद्ध प्रचण्ड माधव नेपाल पक्षले समिकरण बनाएपछि पनि ओलीले सचिवालय बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।