प्रधानमन्त्री ओलीले प्रसन्न हुँदै भने : 'एउटा कोर्स पूरा भो' - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

प्रधानमन्त्री ओलीले प्रसन्न हुँदै भने : ‘एउटा कोर्स पूरा भो’



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भन्दै उनले प्रसन्नता ब्यक्त गरेका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको निशानछान समावेश गरी सर्वसम्मतले संविधान संशोधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनसँगै एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री ओलीले उनले अब भारतसँग वार्ता हुने बताएका छन्। संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भन्दै उनले प्रसन्नता पनि व्यक्त गरेका छन्।

प्रतिनिधिसभामा उपस्थित २५८ सांसदद्वारा सर्वसम्मतले संविधान संशोधनका पक्षमा मतदान गरेका थिए।

प्रधानमन्त्रीले संसद्‌बाट बाहिरिँदै भने, ‘एउटा कोर्स पूरा भो, अब वार्ता हुन्छ। अभूतपूर्व एकता देखिएको छ।’