ओली र प्रचण्डलाई छोडेर नेपाल सँग नजीक गृहमन्त्री थापा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ओली र प्रचण्डलाई छोडेर नेपाल सँग नजीक गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र तानातानमा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीति पनि निर्णायक देखिएका छन् ।

पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन् । तर सचिवालय बैठकमा थापा एक्लै भए पनि निर्णायक पोजिसनमा छन् । त्यसैले थापा तानातानमा परेका हुन् ।

नेकपा सचिवालयभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ । अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ । दुई अलग गुट देखापरेपछि थापा एक्लै भए पनि निर्णायक देखिएका हुन् ।

अध्यक्ष दाहाल अर्का अध्यक्ष ओली तथा नेपाल दुवै समूहसँगको समदुरी सम्बन्धमा देखिए पनि भित्री रुपमा उनी नेपालपक्षसँग नजिकिन थालेका छन् । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।