ओली प्रचण्डलाई बामदेवको टक्कर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओली प्रचण्डलाई बामदेवको टक्कर



काठमाडौं– नेकपा केन्द्रीय कार्यालयमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्षहरूलाई टक्कर दिँदै नेता बामदेब गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्धयको प्रतिवेदनपछि गौतमले व्यक्तिगत रुपमा आफ्नो प्रतिवेदन पेश गरेका हुन् । ओलीसँग निकट रहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट हुँदै आएका छन् ।

उनले तत्कालीन एमालेमा हुँदा पनि आफ्नो छुट्टै गुटका लागि कोसिस गर्थे । महाधिवेशनका बेलामा ओलीसँग निकट भएका थिए । तर, पार्टी एकतापछि भने गौतम अध्यक्ष ओलीसँग रुष्ट हुँदै गएका छन् । अध्यक्षहरु र गौतमको प्रतिवेदनपछि बैठक स्थगित भएको छ । बैठक सोमबार विहान ११ बजेका लागि डाकिएको छ । आइतबार प्रतिवेदन अध्ययनका लागि समय छुट्याइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।