अाेली र प्रचण्डले जनतालार्इ धोका दिए: नेता पौडेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अाेली र प्रचण्डले जनतालार्इ धोका दिए: नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार जनचाहना अनुसार नचलेको बताउनु भएको छ ।

नेता पौडेलले बिहिबार आफ्नो ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तक बिमोचनमा सरकारले त्यही कारण जनविश्वास गुमाउँदै गएको समेत उल्लेख गर्नुभयो । ‘नेपाल कम्युनिष्ट पार्टीलाई जनताले ठूलो विश्वास गरेर मत दिएका थिए’ उहाँले भन्नुभयो, ‘जनतामा नेकपाले मुलुकलाई कायापलट नै पार्छ भन्ने लागेको थियो । जनताले अहिले बल्ल त्यो भ्रम बुझे । ‘अाेलीजी र प्रचण्डजीले जनतालार्इ धोका दिए’ ।’

नेता पौडेलले सरकारले भष्टाचार नियन्त्रण गर्न नसकेको बताउनुभयो । ‘मुलुकमा घट्ला भन्दा झन् बढेको छ’ उहाँले भन्नुभयो, ‘जहाज खरिद काण्ड, चिनीकाण्ड, सुनकाण्ड, जताततै भ्रष्टाचार छ, यी काण्ड समाजवादको लागि ठूलो धोका हो ।’