ओली प्रचण्ड बिरुद्ध नेकपाका शीर्ष नेताहरुद्वारा असन्तुष्टि - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ओली प्रचण्ड बिरुद्ध नेकपाका शीर्ष नेताहरुद्वारा असन्तुष्टि



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक चलिरहँदा अध्यक्षविरुद्ध असन्तुष्टि बढेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भूमिकाप्रति चार शीर्ष नेता एक ठाउँमा उभिएका छन् ।

प्रधानमन्त्री समेत रहुनभएका अध्यक्ष ओलीले एकलौटी रुपमा सरकार र पार्टीको सञ्चालन गरेको र अर्का अध्यक्ष प्रचण्डले मौन समर्थन गरेको भन्दै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका हुन् । शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्षले आफूनिकटका एउटै व्यक्तिलाई प्रदेश ईञ्चार्ज र मुख्यमन्त्रीको दोहोरो जिम्मेवारी दिएको आरोप लगाएका छन् ।

प्रदेश, जिल्ला, क्षेत्र तथा भातृ संगठनबीचको एकता प्रक्रिया टुंगो लगाउन कार्यदल गठन भएपनि फरक मत राख्नेलाई उपेक्षा गरिएको चार शीर्षनेताको भनाइ रहेको खबर आजको नागरिक दैनिकमा छ ।