पुरानै व्यानरमा कार्यक्रम गर्ने ओली-प्रचण्डको सहमति
नेकपा एमाले र माओवादी केन्द्रले कार्यकर्ताको विरोधका बाबजुद पुरानै ब्यानर टाँगेर कार्यक्रम सुरु गर्ने जमर्को गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा आयोजना गरको कार्यक्रममा ब्यानरमा लेनिनको फोटो नभएको भन्दै नाराबाजी गरेका थिए । त्यसपछि आयोजकले उक्त ब्यानर हटाएको थियो । लेनिन जयन्तीमा पनि ब्यानरमा लेनिनको फोटो नराखिएको भन्दै कार्यकर्ताले विरोध जनाएका थिए ।
सभागृहको कार्यक्रममा अहिले त्यही हटाइएको ब्यानर राखेर कार्यक्रम सुरु गर्ने जमर्को भइरहेको छ । अर्को ब्यानरको व्यवस्थापन भइरहेको र त्यो ब्यानर आएपछि पुरानोमाथि राखिने गरि व्यवस्थापन भइरहेको बताइएको छ । अहिले लनिन र माक्सको फोटो स्टेजमा राखिकएको छ ।
कार्यक्रम केही समयपछि नै सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शार्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमाले-माओवादीका नेताहरू कार्यक्रम स्थलमै छन् । कार्यक्रमको समन्यवयन राम्रो नहुँदा समस्या आएको माओवादी कार्यकर्ताको गुनासो छ ।