ओली-प्रचण्ड र बिष्णु पौडेलको गोप्य बैठक : पौडेललाई बचाउने यस्तो खेल
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबारदेखि चन्द्रागिरीमा छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका महासचिव विष्णु पौडेल बिहीबार बेलुकादेखि चन्द्रागिरीमा छन्।
उनीहरु सरकार सञ्चालन र पार्टी एकताबारे छलफल गर्न त्यहाँ गएको बताइए पनि बिष्णु पौडेलको नयाँ काण्ड र समाधानको लागि त्यहाँ पुगेको श्रोतको दावी छ ।
श्रोतले बताएको छ पछिल्लो समय आशा गरेका बिष्णु पौडेल एकाएक सरकारी जग्गाको विवादमा आएपछि यो काण्ड मिलाईदिन भन्दै नेतृत्वलाई दवाव खडा गरिरहेका थिए ।
पार्टीमा मोटो रकम चन्दा उठाउन सक्ने हैसियत भएकाले बिष्णु पौडेललाई बचाउन दुवै अध्यक्ष लागिपरेको श्रोत बताउँछ । त्यतिमात्र होइन पार्टी भित्र बिष्णु पौडेलको एकछत्र राज चल्छ उनलाई प्रोटेक नगर्दा नेतृत्वसम्ममा असर पर्ने भएकाले सिङ्गो पार्टी पंति उनलाई बचाउन लागिपरेको पनि श्रोतले जनाएको छ ।