प्रचण्ड-ओली गोप्य वार्ता: ओलीको इगो र प्रचण्डको फड्को - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

प्रचण्ड-ओली गोप्य वार्ता: ओलीको इगो र प्रचण्डको फड्को



काठमाडौँ-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ‘वान टु वान’ वार्ता सुरु भएको छ।

ललितपुरको मानभवनस्थित शारदा अधिकारीको घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो।

प्रचण्डले चितवनमा दिएको अभिव्यक्तिबाट ससंकित बनेका ओलीले आज संभवत पदको बारेमा कुरा गर्नेछन् ।

दुवै अध्यक्षले पार्टीबाट पछिल्लो समय दबाब खेप्दै आएका छन् भने एमाले भित्र त एकतालाई लिएर अन्य नेताहरूले मोर्चा नै सुरु गरेका छन् ।

प्रचण्डले सरकार गठन अगाडी नै पार्टीलाई एकता गरेर अगाडी बढ्नुपर्ने विषय उठान गर्ने माओवादी केन्द्रका एक नेताले हिमालपोष्टलाई बताए ।

एकताको विषयमा ओलीजीमा इगो पलाएको छ इगो र ओलिजी सँगै स्वीकार गर्न सकिन्न आज कि त एकताको आधारभूत कुरा हुन्छ या त अर्कै फड्को हान्ने अवसर बन्छ हाम्रो प्रश्नमा जवाफ दिँदै उनले भने

सरकार गठनअघि पार्टी एकताको विषय टुङ्गो लगाउन दुई नेता छलफल हुने स्रोतले बतायो। प्रचण्डले पार्टी एकतासम्बन्धी विषय छिटो टुङ्गो लगाउन एमालेलाई दबाब दिँदै आएका छन्।