ओली प्रचण्डलाई नारायणकाजीको कडा जवाफ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओली प्रचण्डलाई नारायणकाजीको कडा जवाफ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उनले अस्वीकार गरेका हुन् ।

बैठकमा सहभागि एक सचिवालय सदस्यले, दुवै अध्यक्षबाट राजीनामा फिर्ता लिन प्रस्ताव आएको तर, नारायणकाजीले फिर्ता लिन मानेनन्, भने ।

बैठकमा नारायणकाजीले अडान लिनुका साथै अध्यक्षको रवाफप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

मलाई स्वेक्षाले दिएको राजिनामा फिर्ता लिन प्रस्ताव गर्नुभन्दा तपाईंहरुको कार्यशैली परिवर्तन गर्नुस त्यसमै भलाई छ । उनले बैठकमै भनेका थिए ।

बैठकमा श्रेष्ठले भनेका कुरा उल्लेख गर्दै एक स्रोतले जनाएको छ  ‘मैले स्वेच्छाले विना हिच्किचाहट राजीनामा दिएको हुँ । त्यसैले फिर्ता लिने कुरा भएन । सचिवालयले जे निर्णय गर्छ । ठिक छ । त्यसलाई म सम्मान गर्छु । तर, दिइसकेको राजीनामा फिर्ता लिन्न ।’

उनको अडानका कारण बैठकले केही निष्कर्ष निकाल्न सकेन । गएको साउन ७ गतेको सचिवालय बैठकमा डा. गोविन्द केसीलाई अनसनस्थलमै भेट्न गएको विषयमा अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेका थिए ।

श्रेष्ठले त्यसको जवाफमा प्रवक्ताबाटै राजीनामा दिएर हिँडेका थिए ।