ओलीसँग संसद खुलाउने कुरा भयो - प्रचण्ड - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

ओलीसँग संसद खुलाउने कुरा भयो – प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको बताएका छन् ।

संसद् भवनमा एमालेसँगको छलफलपछि बाहिर निस्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भेटमा आ-आफ्ना कुरा राखिएको बताएका हुन् । दाहालले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ।’

एमाले र माओवादीबीच छलफल हुनुअघि संसद् भवनमै कांग्रेस र एमालेबीच छलफल भएको थियो । एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय नेपाली राजनीतिमा तीव्र ध्रुवीकरण देखिएको छ ।