'प्रचण्डलाई लाजै लाग्न छोड्यो, ‘सूर्य’ मेरो हो भन्दै हिँडेछन्' - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

‘प्रचण्डलाई लाजै लाग्न छोड्यो, ‘सूर्य’ मेरो हो भन्दै हिँडेछन्’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई लाजै लाग्न छाडेको टिप्पणी गरेका छन् ।

ओलीले तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ मेरो हो भन्दै निर्वाचन आयोगमा जान लाज हुनुपर्दैन भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।

युवा संघ, बागमतीको कार्यक्रममा बोल्दै ओलीले जीवनमा कहिल्यै सूर्य चिन्हमा चुनाव नलडेका पुष्प कमल दाहालले चिन्हमा दावी गर्नुनै हास्यास्पद भएको टिप्पणी गरे ।

उनले प्रश्न गरे, ‘सहमतिको १ दिन नहुँदै सूर्यमा चुनाव लड्न नमान्ने प्रचण्डले निर्वाचन आयोगमा गएर सूर्य मेरो हो भन्न लाज लाग्दैन ?’