ओली र प्रचण्ड समूहबिच 'ग्याङ फाइट' - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओली र प्रचण्ड समूहबिच ‘ग्याङ फाइट’



कैलाली – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कार्यकर्तामा पनि यसको असर देखिएको छ । सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच कुटाकुट भएको हो ।

ओली पक्षले सोमबार दिउसो लम्कीचोकमा सरकार ढाल्न नपाइने भन्दै र्याली सहित कोणसभा गरिरहेको समयमा कुटाकुट भएको बताइएको छ । आन्दोलनमा निस्किएका ओली पक्षका कार्यकर्ताले प्रचण्डकालाई गाली गरेको भाषण गरेका कारण कुटाकुट भएको बताइएको छ ।

सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपि शर्मा ओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी ओली समर्थक नेकपाकै कार्यकर्ताले लम्की चौराहामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरेका थिए प्रर्दशन समेत गरेका थिए ।

देशको मुहार फेर्नु छ साथि, पार्टी भन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर, लगायतका नारा समेत लेखेका प्ले कार्ड सहित ओली समर्थक कार्यकर्ताले प्रदर्शन गरिरहेका थिए ।

स्थानीयका अनुसार ओली पक्षले ‘हामीलाई प्रचण्डको एक एक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो । सचेत नागरिक समाजको तर्फबाट ओली पक्ष निकट मानिँदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै भाषण गरेका थिए ।

लगत्तै बोल्न माइक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए ।