ओली, प्रचण्ड र देउवाबीच बैठक - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ओली, प्रचण्ड र देउवाबीच बैठक



काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सत्तापक्षीय शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक हुने भएको छ ।

देउवासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल, नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, उर्जामन्त्री बर्षमान पुन र कानून मन्त्री भानभक्त ढकाल सहभागी हुनेछन् ।

नेपाली कांग्रेसको तर्फबाट सभापति देउवाका अलावा केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकले बैठकमा सहभागी हुनेछन् । द्वन्द्वकालिन विषयहरुका सम्बन्धमा गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र त्यससँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।