ओली–प्रचण्ड छलफल: बालुवाटारमा दुई घण्टा बिताए
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दुई घण्टा छलफल भएको छ।
शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको हो।
पार्टीमा देखिएको विवाद समाधानका उपायबारे दुई अध्यक्षबीच छलफल भए पनि कुनै सहमति भए नभएकोबारे जानकारी बाहिर आएको छैन।
केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमा चुलिएको विवाद समाधान भइसकेको छैन।
पछिल्लो समय अब महाधिवेशनपछि नेतृत्व फेर्ने कुरामा दुवै समूहबीच सहमति जुटेको बताइएका बेला ओली–दाहालबीच छलफल भएको हो।