नेकपा विवाद: प्रदेश तहबाट ओली र प्रचण्डबिरुद्ध बिद्रोह गर्ने तयारी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

नेकपा विवाद: प्रदेश तहबाट ओली र प्रचण्डबिरुद्ध बिद्रोह गर्ने तयारी



काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि विवाद चुलिएको छ । प्रदेश तहमा अयोग्य र मापदण्डविपरित पदाधिकारी चयन गरेको भन्दै प्रदेश नम्बर २ का नेता तथा कार्यकताले ओली र दाहालबिरुद्ध बिद्रोह गर्ने योजना बनाएको बताइएको छ

मापदण्डविपरित प्रदेश नम्बर २ का जिल्ला कमिटीहरुको पदाधिकारी अयोग्य बनाएको भन्दै त्यहाँका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएपछि यस्तो अवस्था आएको हो।

सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले छलफल गर्न खोज्दा समेत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले रोकेपछि विरोधको स्वर चर्किएको हो ।

आफूहरुसँग कुनै पनि छलफल नगरी एकलौटी ढंगबाट गरिएको उक्त निर्णय आफूहरुले नमान्ने भन्दै सिरहाका केन्द्रीय सदस्य महेन्द्र पासवान र जगत यादव, सप्तरीका उमेश यादव र अव्दल मजीद कादिरले केन्द्रीय सचिवालयमा लिखित पत्र दर्ता गरेपनि पार्टीको उच्च तहले छलफलमा चासो नदेखाएपछि उनीहरु झन आक्रोशित भएका हुन्।

यसबारेमा मंगलबार १६ जनाले नेकपा केन्द्रीय सचिवालयमा ज्ञापन पत्र बुझाएका छन् । जहाँ प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न माग गरिएको छ।

भदौ तीन गते सचिवालय बैठकमा नेपाल र ओलीबीच ठूलै मतभेद भएपछि एक महिनामा दुई पटक सचिवालय बैठक बसेको छ । पछिल्लो बैठकमा ओलीले नेता माधव नेपालले उठाएको बिषयमा नबोलेको र समय छैन भन्दै पन्छिएपछि नेता नेपाललाई अवज्ञा गरेको भन्दै प्रदेश तहका नेता तथा कार्यकताले ओली र दाहालमाथि नै जाइलाग्ने योजना बनाएको त्यहाँका एक केन्द्रीय सदस्यले बताए।