प्रम ओली र ‘प्रचण्ड’ बीच भनाभन - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रम ओली र ‘प्रचण्ड’ बीच भनाभन



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताबारेको छलफलमा भनाभन भएको खुलासा भएको छ ।

आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई एकता प्रक्रियाभन्दा अलिक बाहिर रहेर नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर गरेको सम्बोधनमा केन्द्रित भै प्रश्न गरेपछि उनीहरुबीच भनाभन भएको स्रोतको दाबी छ ।

स्रोतकाअनुसार प्रचण्डले ‘गणतन्त्रमा नवसामन्तवादको कुरा आयो, यो नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द किन घुसाउनुभयो ? भनेर सोधेका थिए । लगत्तै ओलीले रुष्ट हुँदै जवाफ फर्काए,‘मेरो सरकार, नेपाल सरकार वा राष्ट्रपतिको सरकार भनेपनि एउटै कुरा हो । यसमा नअलमलिनुहोस ।’

आजको छलफलमा ओलीसँग प्रचण्ड त्यति सन्तुष्ट भएनन् । कतै गणतन्त्रमा ओलीको नियतै खराब त देखिएको होईन भन्ने आशंका प्रचण्डमा भरपुर देखिएको नेकपानिकट स्रोतको दाबी छ ।

यता, ओली सरकारका मन्त्रीहरुको पनि मेरो सरकार भन्ने शब्दप्रति असन्तुष्टि छ । प्रधानमन्त्री ओलीले मेरो सरकारबारे राष्ट्रपति भण्डारीले जे सम्बोधन गरेको हो त्यो सही छ र त्यसलाई सच्याउनुपर्ने कुनै कुरै गरेका छैनन् । आजपनि प्रचण्डको भेटमा ओलीले भनेका थिए,‘कुनैपनि तलमाथि हुँदैन् ।’रिपोर्टर्स नेपालको सहयोगमा