ओली-प्रचण्डको निर्णायक वार्ता सुरू - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओली-प्रचण्डको निर्णायक वार्ता सुरू



काठमाडौं- पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच निर्णायक वार्ता बालुवाटारमा सुरु भएको छ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समधानका लागि निर्णायक वार्ता सुरु भएको हो।

शुक्रबार मध्यान्ह १२ बजे दुई अध्यक्षबीच वार्ता सुरु भएको बालुवाटार स्रोतले जानकारी दियो।