ओली–प्रचण्ड बैठक चल्दै : केका लागि ?
काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने विषयमा छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक सुरु भएको छ ।
बैठकमा पार्टी एकताका बाँकी कुरा टुंग्याउने विषयमा समेत छलफल भैरहेको श्रोतले बताएको छ । बैठकमा पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ समेत सहभागी छन् । ।