ओली र दाहालविरुद्ध मुद्दा: एक वर्ष कैद र १० हजार जरिवाना - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

ओली र दाहालविरुद्ध मुद्दा: एक वर्ष कैद र १० हजार जरिवाना



काठमाडौं-

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्।

ओली र दाहालले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै मुद्दा दर्ता भएको हो।

उनीहरूले ‘आयोगले पूर्व निर्णयअनुरूप मतपत्र छपाइ प्रक्रिया अघि बढाउने,’ ‘कुनै हालतमा मतपत्र छपाइको अर्को निर्णय हुन नदिने,’ ‘विभिन्न निहुँमा अलगअलग मतपत्र छाप्ने प्रक्रिया अघि बढ्न नदिने’ जस्ता अभिव्यक्तिका कारण अदालतको आदेशको मर्यादा र न्यायालयको गरिमा गिराउने कार्य भएको दाबी शुक्लको छ।

नेताद्वयलाई सर्वोच्चमा उपस्थित गराएर बयान लिनसमेत निवेदकको माग छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।