बालुवाटारमा दुई घन्टा ओली-प्रचण्डबीच छलफल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बालुवाटारमा दुई घन्टा ओली-प्रचण्डबीच छलफल



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई घन्टा छलफल भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डाबारे ओली र प्रचण्डबीच छलफल भएको हो ।

पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभा सदस्य मनोनयनलगायतका एजेन्डामा सचिवालयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

उपाध्यक्ष वामदेव गौतम गत १४ फागुनको सचिवालय बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने अडानमा छन् । उक्त बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका ओली भने अर्थमन्त्री युवराज खतिवडालाई नै दोहोऱ्याउने गरी सिफारिस गर्ने पक्षमा छन् ।