११ दिनपछि बोले ओली-प्रचण्ड: बालुवाटारमा छलफल जारी
काठमाडौं । लामो संवादहिनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड एकाएक बालुवाटार पुगेपछि उनीहरूबीच केहीबेर अघि छलफल सुरू भएको छ ।
प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले ओली-प्रचण्डको भेटवार्ताको पुष्टि गरेका हुन् । ओली-प्रचण्डबीच पछिल्लो ११ दिनयता भेटघाट हुन सकेको थिएन । यसबीचमा प्रधानमन्त्री ओलीले अनेक प्रयास गर्दापनि अध्यक्ष प्रचण्ड बालुवाटार जान मानेका थिएनन ।
कर्णाली प्रदेशको विवाद सुल्झाउन कार्तिक ४ गतेको भेटपछि उत्पन्न परिस्थितिले उनीहरूको दुरी बढाएको थियो। त्यसयता संवाद ठप्प थियो ।