ओली–प्रचण्ड वार्ता सकियो: के भयो सहमति ? - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ओली–प्रचण्ड वार्ता सकियो: के भयो सहमति ?



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र बढेको विवाद अन्त्यका लागि दुई अध्यक्षबीचको आजको वार्ता सकिएको छ।

बिहान साढे ११ बजे सुरु भएको बैठक दिउँसो साढे २ बजे सम्पन्न भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भएको आजको छलफल पनि टुंगोमा भने पुगेको छैन ।

यसअघि दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो। बुधबारको छलफलमा कुनै सहमति भए नभएको बारे केही खुलाइएको छैन।

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।