ओली-प्रचण्ड भेट्दै: के होला छलफल ?
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता हुने भएको छ ।
आज बिहिबार दिउँसो भेटघाटको तयारी भैरहेको बताइएको छ । पछिल्लो समय पार्टी फुट्ने सम्मको विवाद समाधानका लागि दुई अध्यस्क्षा भेटको तयारी भएको पनि बताइएको छ ।
बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिममा स्थगित भएको थियो। पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधन भएकाले स्थगित गरिएको बताइएको छ ।
गत शनिबार दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको थियो। चार दिनपछि बिहीबार उनीहरुबीच भेटवार्ताको तयारी भएको हो।