प्रधानमन्त्री र उप्रधानमन्त्री बीच विवाद चुलियो ! - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रधानमन्त्री र उप्रधानमन्त्री बीच विवाद चुलियो !



काठमाडौँ- बिमस्टेक सम्मेलनपछी भारतमा हुने संयुक्त सैन्य अभ्यासलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं रक्षमन्त्री ईश्‍वर पोखरेलबीचको सम्बन्धमा खटपट भएको छ ।

नेपाली सेनाले उपप्रधानमन्त्री एवं रक्षमन्त्री पोखरेलबाट भारतको पूणेमा सैन्य सम्मेलनको अनुमोदन गराएका थिए भदौ २५ देखि ३१ गतेसम्म आयोजित उक्त अभ्यासमा सेनालाई पठाउनु भन्दा एक दिन अघि प्रधानमन्त्री ओलीले त्यहाँ सेना नपठाउने निर्णय गरेका थिए ।

तर यसको बारेमा भने भारतले फरक तरिकाले प्रचार गर्यो । भारतीय केहि विश्लेषक र सञारमाध्यमले नेपालले उक्त कदम लिनुमा चिनको हात रहेको र अब नेपाल भारतको हातबाट फुस्किसकेको बताएका थिए  ।

भारत र चीन दुवै छिमेकीप्रति समान दूरी र असंलग्‍नताको नीति अपनाउँदै आएको अवस्थामा यदि संयुक्त अभ्यासमा सामेल भएको अवस्थामा नेपाल विवादमा पर्ने देखेपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको निर्णयको विरुद्धमा उभिएको जानकारहरु बताउने गरेका छन् ।

सैन्य अभ्यास हुनुभन्दा पाँच दिन अघि सामेल नहुन कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्रीले आदेश दिएका थिए। तर हामीलाई प्राप्त जानकारीमा प्रधानमन्त्रीको यो निर्णय उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई थाहा नै थिएन ।

पहिलो पटक जुनमा र त्यसपछि भएका नियमित बिमस्टेक मुलुकका उच्च सैनिक अधिकारीबीच भएको छलफलका आधारमा संयुक्त सैन्य अभ्यासको निर्णय लिइएको थियो। नेपाली सेनाले हरेक चरणका त्यस्ता छलफलबारे रक्षामन्त्रालयलाई जानकारी गराई संयुक्त अभ्यासमा भाग लिने निर्णय लिएको थियो।

बिमस्टेकको शिखर सम्मेलनपछि मन्त्रिपरिषद्को बैठकले कायममुकायम प्रधानसेनापति थापालाई भारत पठाउने निर्णय गरेको थियो।  सुरुमा उपप्रधानमन्त्रीका दावेदार रहेपनि प्रधानमन्त्री ओलीले पोखरेललाई मन्त्री मात्रै दिने बताएका थिए। पछी मन्त्रीपरिसद बिस्तार हुँदा पोखरेललाई चिट्ठा परेको थियो । प्रधानमन्त्रीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको माग अनुसार उनलाई उप्रधानमन्त्री दिँदा सन्तुलनका लागि पोखरेललाई पनि उपप्रधानमन्त्री पद दिएका थिए ।

तत्कालिन एमालेका महासचिव समेत रहिसकेका पोखरेलले पार्टी एकताका बेला पुष्पकमल दाहाललाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु हुन्न भन्ने पक्षमा उभिएका थिए।

त्यसपछि पनि एकीकृत पार्टीको महासचिव विष्णु पौडेललाई महासचिव बनाउँदा प्रधानमन्त्री ओलीसँग पोखरेलको असन्तुष्टि चुलिएको थियो।

रक्षामन्त्रीका रुपमा पोखरेले नेपाली सेनालाई भारतमा सैन्य अभ्यासका लागि सामेल गराउने निर्णयमा पहिलो पटक हस्ताक्षर गरेका थिए। त्यो दुई पक्षीय सम्बन्धका आधारमा हुँदै आएको छ।