सचिवालय बैठक सुरु, ओली पनि सहभागी
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । गत मंगलबार ओली बैठकमा सहभागी भएका थिएनन् ।
सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय भएको थियो ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वा टू वान’ वार्ता समेत भएको थियो ।